ओली प्रचण्ड वैठक सकियो, सभामुखको नाम आजै चार वजे वैठकले अनुमोदन गर्ने

 469 पटक हेरिएको

काठमाडौं : नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल सकिएको छ। आइतबार बिहान सभामुख उम्मेदवारको टुंगो लगाउन ओली र प्रचण्ड करिब ३ घन्टा छलफलमा जुटेका थिए। यसलगत्तै दिउँसो ४ बजे नेकपाको सचिवालय बैठक बोलाइएको छ।

प्रधानमन्त्री ओलीसँग परामर्श गर्न प्रचण्ड आइतबार बिहानै बालुवाटार पुगेका थिए। नेकपा स्थायीसमिति सदस्य देवेन्द्र पौडेललाई भेटेर प्रचण्ड प्रधानमन्त्री निवास पुगेका थिए।  बिहान निवास खुमलटारमा नेता देवेन्द्र पौडेललाई भेट गरी प्रचण्डले पौने ९ बजे बालुवाटार पुगेका थिए। भोलीका लागि प्रतिनिधि सभाको बैठक तोकिएकाले सभामुखका उम्मेदवार आजसम्म टुंग्याइ सक्नुपर्ने दवाव नेकपालाई छ।

नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण प्रतिनिधिसभा बैठक बस्न सकेको छैन।पटक-पटक सूचना टाँसेर बैठक स्थगित हुँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार