प्रधानमन्त्रिको मन्तव्य- देशलाई ठुलो धक्का लाग्न दिदैनौ

 

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले भ्रमण वर्ष सुरुवातमै केही धक्‍काका संकेतहरु देखिए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको उद्‍घाटन समारोहमा प्रधानमन्त्रीले ठूला संकेतहरु देखिए पनि ठूलो धक्‍का लाग्न नदिने बताएका हुन्।

‘यो वर्षलाई भ्रमण वर्षका रुपमा घोषणा गरेका छौं, उनले भने,’ सुरुवाति चरणमा केही प्राकृतिक धक्‍का लागेका छन्।यसलाई बढ्न दिँदैनौं।समयमै नियन्त्रणमा लाग्छौं।’

उनले चीनबाट फैलिएको कोरोना भाइरस नेपालमा देखिए पनि आत्तिनुपर्ने अवस्था नहेको दावी गरे ।अहिलेसम्म संक्रमण एकजनामा मात्र देखिएकाले नियन्त्रणमा सरकार लागिपरेको प्रष्ट पारे।उ नले संक्रमणबाट सबैले सावधानी अपनाउन  सुझाव दिए।

उनले भोगमरीको अन्त्य भएको दावी गरे।’भोकमरीको अन्तिम घोषणा गरिसकेका छौं, अब कोही नागरिक भोकमरीमा पर्दैनन्। भोकै मर्दैनन्।’ ‘सडकमा मानव हुन दिएका छैनौं। सडक बालबालिकाको अन्त्य गरेका छौं। सडकमा बाललिकाको अन्त्य गरेका छौ, उनले भने,’ यस्तो अवस्थामा हामी खुसी हुनुपर्छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार