कोरोना भाइरसबारे भ्रम फैलाउने पक्राउ

 

काठमाडौँ- कोरोना भाइरस (कोभिड-१९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियोलाई सामाजिक सञ्‍जालमार्फत फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापामगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जामार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।

पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्‍ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए। उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार