स्वास्थ्य सामग्री सरकारले सोझै खरिद गर्ने

काठमाडौं : कोरोना (कोभिड १९) भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले स्वास्थ्य सामग्री खरिद सोधै सरकारले गर्ने निर्णय गरेको छ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समिति बैठकले स्स्थ्य सामग्री प्रतिस्पर्धामार्फत खरिद गर्ने र अपुग भएमा सरकाररले सोझै खरिद गर्ने निर्णय गरेको हो।

सार्वजनिक ऐन बमोजिम विशेष परिस्थितीमा विदेशी सरकारबाट सिधै खरिद गर्ने व्यवस्था अनुसार यस्तो निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए।

सँगै समितिले अहिले निर्धारण गरिएका क्वारेन्टाइन र राहतको मापदण्डलाई परिमार्जन गर्ने निर्णयसमेत गरेको छ। सँगै संकटको अवस्थामा बिरामी रिसिभ गर्ने टिम (पीआरटी)को जिम्मा नेपाली सेना र स्वास्थ्यकर्मीको टिमलाई दिने निर्णयसमेत समितिले गरेको छ। त्यसैगरी समितिले १४ दिनसम्म क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण भएपछि मात्रै घर जान दिने निर्णय गरेको छ। ‘परीक्षणमा कुनै बिरामी देखिए आइसोलेसनमा राख्ने’, सचिव विडारीले भने, ‘यो काम मुलुकभरका सबै क्वारेन्टाइनले फलो गर्नेछन्।’समितिले ग्रामीण स्वास्थ्य स्वयम् सेवकलाई उचित भत्ता दिएर परिचालन गर्ने निर्णय गरेको छ।अन्नपुर्णवाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार