सल्यान/देशभरी लकडाउन चलिरहेको वेला सल्यानमा प्रदेश संसद सहितका व्यक्ति हरु द्धारा खाद्यन्न वितरण सुरु गरेका छन । सल्यान क वाट निर्वाचित प्रदेश संसद माननिय गुलावजंग शाह,मनोज कुमार प्रधान र प्रमोद कुमार श्रेष्ठको टोलीले सल्यान जिल्लाका दश वटै स्थानीय तहलाई सहयोग स्वरुप खाद्यान्न वितरण सुरु गरेका हुन ।
जिल्लाका दश वटै स्थानीय तहलाई लक्षित गरेर उनीहरुले राहत स्वरुप चामल,नुन,तेल वितरण गर्न थालेका हुन । संकटको यस घडिमा स्थानीय तहहरुले नै निम्न आय, विपन्न वर्गलाई राहत वितरण गरीरहेका वेला थोरै भएपनी सहयोग होस भन्ने उदेश्यले खाद्यन्न सामाग्री हस्तान्तरण गर्न लागीएको प्रदेश संसद गुलावजंग शाहले जनाएका छन ।
खाद्यान्न सामाग्री सल्यान जिल्लाका दश वटै पालिकाहरुलाई समान हिसावले हस्तान्तरण गरीएकोे छ । संसद शाहका अनुसार उक्त सामाग्री आफुहरुले स्थानीय तहहरुलाई नै हस्तान्तरण गर्ने र उक्त सामाग्री स्थानीय तहरुले समस्यामा परेका अति विपन्न हरुको पहिचान गरी स्थानीय तह वाट नै वितरण गर्ने जानकारी दिएका छन ।
सल्यानका दश वटै स्थानीय तहहरुलाई वितरण गरीने सामाग्री नेपालगंजवाट सल्यान आईपुगेको छभने आजै सल्यानका वनगाड कुपिण्डे नगरपालिका,कुमाख गाँउपालिका,दार्मा गाँउपालिका,वागचौर नगरपालिका तथा शिद्ध कुमाख गाँउपालिकामा पुगेर पालिका प्रमुख,उपप्रमुख तथा प्रशाशकिय अधिकृतको रोहवरमा सम्वन्धित पालिकामा नै वुझाइएको छ भने वाँकी पालिका हरुमा भोली हस्तान्तरण गरीने मनोज कुमार प्रधानले जानकारी दिएका छन । हामीले यो प्रारम्भिक चरणको सहयोग गरेका छौ । आगामी दिनमा सल्यान र सल्यान वासिका लागी दुख परेका वेला सहयोगका लागी सधै तयार रहने टोलीका सदस्य प्रमोद श्रेष्ठले जनायका छन ।
संसद शाहका अनुसार यो सहयोग कुनै राज्यको श्रोत वाट नभई आफुहरुको व्यक्तिगत लगानीमा गरीएको जनाएका छन । देश नै संकटमा परेको वेला देश र नागरीकलाई सहयोग गर्ने अहं भुमिका सवै तह र तप्काको हुने भएकोले व्यक्तिगत खर्च कटायर स्थानीय सरकार हरुको अभियानमा साथ दिन आफुहरुले सानो भएपनि सहयोग गरेको जनाएका छन । दुख परेको वेला नागरीक र सरकार लाई सहयोग गर्ने अभिप्राय स्वरुप यो काम गरेको उनीहरुले वतायका छन । पहिलो चरणको यस अभियान लाई संकटको अवस्था हेरेर अझ वढाउने सहयोगी मध्यका मनोज कुमार प्रधानले वताएका छन ।