२ हप्ता देखि वेपता रावत मृत अवस्थामा फेला परे

दुर्गा विसि/ चैत्र,२४ सल्यान पश्चिमकाे सल्लिवजार नजिकै जाजरकाेट जुनिचांदे गाउपालिका ८ निवासी हाल बनगाड कुपिण्डे १ मा अस्थाई वसाेवास गर्दै अएका वर्ष २३ का धनवहादुर रावतकाे लास फेला परेको छ । ७ महिना अघि देखि उनी सल्लिवजारका विभिन्न स्थानमा मजदुरि गर्दै आएका थिए ।रावत यहि चैत्र ८ गतेदेखि घरबाट सल्लिवजार जाने भनेर हिडेका थिए । वेलुकि घर नफर्के पछि परिवारले खाेजि कार्यका लागि ईलाका प्रहरी कार्यलय सल्लिवजारमा हुलिया सहितकाे निवेद दिएका थिए । सल्लिवजारकाे आर्मी व्यारेककाे उत्तरि पुर्वी तर्फको खाेलामा सडेको अवस्थामा लास फेला परेको इलाका प्रहरी कार्यलय सल्लिवजारले जनाएको छ । लास फेला परे पछि प्रहरी अनुसन्धान जारि राखेको जनाएको छ ।उनकाे परिवार समेत जाजरकोट जुनेचादेबाट हिडिसकेकाे वताएको छ ।स्थानीय घाँसकाटन गएको वेला खाेलामा लास भेटेका थिए ।पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान लिन लागिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार