काठमाडौँ । दरबन्दी खाली रहेको २ महिनापछि नेपाल प्रहरीका १० जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४)को प्रावधान अनुसार १० प्रहरी बरिष्ठ उपरीक्षकलाई डीआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीको दरबन्दी १४ कायम गरेपछि बाँकी १० डीआईजीको लागि कडा प्रतिस्पर्धा भएको थियो । १० डीआईजीको लागि ३४ एसएसपीहरुको कडा प्रतिस्पर्धा थियो ।
र्याल पहिलो नम्बरमा
दरबन्दी कटौती भएलगत्तै बढुवा प्रक्रिया सुरु भएको थियो । सिनियर र जुनियर गरेर दुई ब्याचका एसएसपीहरु डीआईजी बढुवा सिफारिस भएका हुन् । गृह मन्त्रालयले घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त लामा, रबिन्द्र धानुक, उत्तम सुबेदी र अरुण बिसीलाई डीआईजी बढुवाको लागि सिफारिस गरेको हो । बढुवा समितिको बैठकले एसएसपी अर्याललाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । त्यस्तै प्रकाशजंग कार्की दुई नम्बरमा डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । जसमा २४ एसएसपीहरु डीआईजीको दौडबाट आउट भएका छन् ।