कोरोना महामारी हुदा सम्म पनी, नबदलिएको हाम्रो आचरण

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले विश्वमा हलचल मचायो

  कोरोना भाईरस
14 Shares

 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले विश्वमा हलचल मचायो । महान शक्तिशाली राष्ट्रलाई समेत तहस नहस बनायो । मान्छेका मन र मस्तिस्कमा सपना बनि दिन रात त्यो स्थानमा पुग्न तड्पिने विशाल र विकसित राष्ट्र समेत रोइ रहेका छन् । धन र शक्तिको घमण्ड बिशाल छातीका मानवहरु सडकमाबिस्कुन छरे झै पैसा फालिरहेका छन् । प्रकृतिलाई विगारेर सुन्दरतावनाउने महान आत्माहरु निधारमा हात लगाइ छटपटि रहेका छन् । दैवलाई वास्ता नगर्नेहरु समेत आज भगवानका अनेक रुपलाई पुकारी रहेका छन् ।
विपत्ती र विनास गाजाबजा बजाएर आउन्न भन्थे बुढापाका साँचो भएछ है नेपाली हो अचम्मको संस्कृतीमा रमाएका हामी आज भोज भतेड विना पनि संस्कृती चलेको छ ।
काललाई पनि जितेर राज गर्ने महान राष्ट्र तरो देश भन्दा मेरो देश कमभयो भनि द्धन्दको लागि अस्त्र सस्त्र तयार गर्ने राष्ट्रहरु आज आफ्नो र आफ्नाको ज्यान बचाउन हार गुहार गरि रहेका छन् ।
बनि रहेको प्रकृतिलाई बारम्बार भत्काएर धुवाँधुलोमा चिल्ला गाडी गुडाउनेहरु आज दुलाभित्र छिरि रहेका छन् । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले लगाउने सुरक्षाका कवज अरुले लगाइ धजिया उडाइ रहेका छन् । पार्टी टुक्य्राइ एकबाट दुई, दुईबाट चार बनाउनेहरु आज एकजुट भएका छन् तर मन भित्रको पाप पखाल्न नसकेर अलमलि रहेका छन् ।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको तलब काट्ने हातहरु भ्रष्टाचारीका भजन गाइ रहेका छन् । देशमा के भइरहेको छ भनि साचो हेर्ने आँखा नभएका देश चालक समेत भ्रष्टाचारीको संरक्षणमा लागि रहेका छन् ।बिलासिताको जीवन जिउनेहरु आज दुलाभित्र लुकि रहेका छन् । चिल्ला गाडी गुडाउनेहरु आज घर भित्र बन्दि बनि रहेका छन् ।
धन्य कोरानाभाइरस कोभिड १९ तिम्रो लिला अपरमपार भएछ । विश्वलाई एकै पटक हलचल मचाउन सफल भएछौं । यो संसारमा न शक्तशाली राष्ट्रले तिमी माथी विजय हासिल गर्न सक्यो न कुनै अस्त्र सस्त्रले,धन्य कोरोना कोभिड १९ तिमी कति शक्तीशाली रहे छौं न आँखाले देख्न सकिने, न मानवजातीले महशुस गर्न सकिने, न कसैले तिम्रो आगामनको पत्तो पाउने न तिमी साथमाछौ भन्ने महशु’ सम्मगर्न नपाउने भय कोरोना कोभिड १९ तिमिकतिशक्तिशाली रहे छौ जस्ले तिमिलाई बोकी अर्को सम्म पुर्याउने काम गर्छ उस्लाइ सम्म साथमागएको थानदिने तिम्रो लिलाअपरम पार न डाक्टरले छामेर थाहापाउने न बिरामीलेमसँ छ भन्न सक्ने कहिले त चमत्कार नै गर्न थाल्यो आफ्ना लक्षण ज्वरो आउने, सुक्का खोकी लाग्ने, श्वास फेर्न कठिन हुने, कमजारी महशुस हुने जस्ता लक्षण सम्म नदेखाइ आफ्नो चमत्कार बाउने र एक बाट अर्का व्यक्तिमा  पत्ता नपाईगइसक्ने । ८० प्रतिशत त सामान्य उपचारले निको हुन्छ, १५ प्रतिशत अस्पतालको उपचारलै ५ प्रतिशत समस्या हुने हो सुन्दा सुन्दै पनि मानव जातीलाई डर र त्रासले लाने घर भित्र बसे म एकबाट अर्कामा सर्न सक्दैन भन्ने सुझाव दिादा नटेर्ने राज्यमा जनताको सखाव पार्ने कोरोना तिमि धन्य रहेछौं । धन्य रहेछौं कोरोना काोभिड १९ जस्ले केही छोए पछि सावुन पानीले मिचिमिचि हात धोयो, सामाजिक दुरीमा रहीकुरा गर्दा १ मिटर टाढा बस्यो, हाछ्यु गर्दा नाकमुख कुहीनाले छोप्यो उस्कामा नजाने । दोस जति तिमिलाई लाएपनि दोसी त मानव नै रहेछन् किनवुझ्न सकेका छैनन् माानवले हे कोरोना सबैलाई सचेत र एक आपसमाा सदभाव जगाउन सफल तिम्रो लिाला बाट त्रसित मानवलाई कहिले छुट्कारा पाइन्छ होला ।
बम बारुद बनाउन सक्ने, मान्छेलाई फासीदिन सक्ने, चित्त बुझे काल कोठरीमा बन्द गर्न सक्ने, संसारलाई आफ्नो मुठी भित्र राख्न सक्ने, अंतरिक्षमा गएर अनुसन्धान गर्न सक्ने, समयलाई आफ्नो तरिकाले चलाउन सक्ने, विश्वलाई घरमै बसीनियालेर हर्न सक्ने, सम्पुर्ण मानवजातीलाई तहस नहस गर्न सक्ने, मटमन्दिर, मस्जीद, चर्च बन्दगर्न सक्ने, मायाप्रेम गर्नेलाइ अलगगर्न सक्ने, महान राष्ट्रका महान हस्ती आज कोरोना कोभिड १९ को शक्तीकाबु गर्न नसक्ने जस्ले विश्व भर त्राहीमचाएको छ त्यसलाई टुलुटुलु हेरी रोइ रहेका महान शक्तीशाली राष्ट्रका महान हस्ती सक्छौ भने कोभिड १९ लाई पराजित गरी मानव सभ्यतालाई बचाउन अग्र स्थानमा आऔं ।
ठूलाठूला महलमा बस्ने चिल्ला गाडी चढ्ने आज कोरोनाका डरले शहरमा बसेकालाई गाउँ पठाउन छटपटी रहेका छन् । यो भुलि रहेका छनकी नेपाल सानो छ जहाँगएनिउपचार गर्न काठमाडौंमै हो आउनु पर्ने र यो कोरोना त अदृश्य छ कहाँ र कसरी आउँछ जान्छ कसैलाई थाहा छैन् । त्यसैले भुल नगर जो जहाँ छौ त्यही बस लकडाउनको इज्जत राख ।
धन्यप्रकृती नेपालमा स्वास्थ्यमा प्राइभेट अस्पतालहरुको चलेको लुट तन्त्र सहयोगी हात एम्बुलेन्सका चालक पैसाको लोभ मोहले बिरामी जति प्रइभेट अस्पतालमा हुल्ने आज कोरोनाको डरले बन्द गरी घर भित्रलुकि रहेका छन् बल्ल थाहा पायौ पैसा होइन मानव नै चाहिन्छ ।
आफ्नो ज्यानको बाजी लगाइ कुनै सुरक्षाका सामान नपाउदा पनि अरुको ज्यान बचाउन रात दिन, आफु र आफ्नो परिवार नभनि अरुको सेवामा तल्लीन स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको तलब काट्ने हातहरु भ्रष्टाचारीलाई साथदिइ रहेका छन् । विश्वमानचित्र हेर नेपालीहो कसरी एक अर्कालाई साथ र सहयोग गर्नु अनिकालमा कसरी बाच्ने र बचाउने ।
कोरोना काोभिड १९ ले न धनि भन्छ न गरीव न ठूलो न सानो विश्वको नतिजा हेर राजकुमारी, प्रधानमन्त्री, अर्थमन्त्री, विद्धान, डाक्टर, नर्स, सामाजीक व्यक्तिल गाएत कसैलाई छोडेको छैन त्यो देखेर त डराइ सचेत बन नेपालीहो केही पाठ सिक र सिकाउ कारोनाबाट बाच र बचाउ ।
हिजो एउटा राजाले सर्वश्व सक्यो भन्नेहरु आज हजार राजाले देशलाई हजार ठाउबाट लुछिरहदा कहाँ हराएका छौं । विचार गर हे देश बनाउने जिम्मेबार उच्च पदस्थ व्यक्तिहो बेलैमा सचेत बन । कोरोनाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई मात्र लिदैन उनीहरुमा त बच्ने र बचाउने थोर वहुत ज्ञान त हुन्छ तर महान हस्तीहरुको पालो आउदा यो संसारबाट बिदालिने बाहेक केही हुदैन बिकल्प त्यती बेला न पैसाले साथ दिन्छ, न कार्यकर्ताले न भगवानले कहिले काही अनजानमाा खनेको खाल्डोमा आफै पुरिनु पर्ला बेलैमा सोच हे अग्रज महोदय हो । गाउँगाउँ, बस्ती बस्तीबाट सचेत बनौ बनाऔ कोरोना भगाऔं ।
आज सम्म नेपालमाताले विश्वमा शिर उचो बनाउन साथदिएकी छिन् समय छदै सचेत बनौ । विश्वमा सेकेन्ड सेकेन्डमा मान्छेको ज्यान कोरोनाले लगि रहदा सम्म पशुपतिनाथले नेपालीलाई समाली रहेका छन् हे उच्च पदस्थ पदाधिकारी हो पापको घडा भरिएर पोखिनु अघि बुद्धि विकेक सुधार, भ्रष्टाचार होइन सदविचार वनाउ, सुरक्षका सामान प्रथामिकता अनुसार देउ, विपतीमाएक भइ अघि बढ काम गर्नेलाई हतोतसाहित होइन सम्मान गर्न सिक, सहि बाटो हिडेर देश र जन्तालाई बचाउ कोरोना भगाउ।
धन्यवाद
जगदीश्वरी अवस्थी सि.अ.हे.व.अधिकृत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार