सरकारले भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने

काठमाडौं । सरकारले भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ।

सोमवार बालुवाटारमा बसेको बैठकले हवाई सेवा १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको हो। आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान सेवा सञ्चालन गर्ने विषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा प्रस्ताव पेश गरेको थियो ।

उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिएको जनाइएको छ ।नेपालमा कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले गत वर्ष चैत्र ११ गतेबाट हवाई सेवा बन्द गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार