‘मुटुनै बिझाउने’ भिडियो बजारमा

विर्तामोड । नयाँ लोक दोहोरी गीत ‘मुटुनै बिझाउने’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायक जय देवकोटा र गायिका पूर्णकला विसिको आवाजमा रहेको गीतको भिडियो बिहिबार सार्वजनिक गरीएको हो ।

भिडियोमा वालविवाहको आरोपमा प्रेमी जेलमा परेपछि प्रेमीकाको अर्के केटासंग विवाह गरीदिएको कथा वस्तु रहेको छ ।प्रेममा परेर उमेरनै नपुगि विवाह वन्धनमा बाँधिएपछिको अफ्ठ्यारो परिस्थिलाई कथा वस्तुमा उतारिएको हो ।

निर्देशक मदन खड्काको एक्सन कटमा निर्माण गरीएको भिडियोमा  बेबो आचार्य  नविन सुवेदी र गायक देवकोटा आफैँले अभिनय गरेका छन् । भिडियोलाई विरेन्द्र भट्ट,नविन गिरी र विरेन्द्र भण्डारीले छायांकन तथा अमृत चापागाईँले सम्पादन गरेका हुन् ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार