सोलुखुम्बु : जनप्रतिनिधि, वडासचिव, स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना

संक्रमण समुदाय स्तरमा

  दिपेन्द्र पराजुली
63 Shares

सोलुखुम्बु, कार्तिक ५

सोलुखुम्बुका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत शुक्रबार स्वाब दिएका सोलुदुधकुण्ड नगरपालिकाका एक स्वास्थ्यकर्मी, एक वडाअध्यक्ष, एक वडा सचिव, ८२ मेगावटको दुधकोसी हाईड्रोपावरमा काम गर्ने एक कर्मचारी, महाकुलुङ गाउँपालिका घर भई सल्लेरीमा व्यवसाय गर्दै आएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित स्वास्थ्यकर्मी २७ बर्षिय महिला रहेकी छिन् भने अन्य ३२, ३०, २६, २५ र १८ वर्षिय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरुमा लक्षण नदेखिएकाले आवश्यकता अनुसार फाप्लु (यर्मादिङ) आईसोलेनमा लैजाने तयारी गरिएको छ ।

त्यस्तै, जिल्ला अस्पताल फाप्लुमा उपचाररत चार कोरोना संक्रमित मध्ये एक कोरोना संक्रमितको रिपोर्ट पुनःपोजेटिभ आएको सोलुदुधकुण्ड नगरपालिकाका स्वास्थ्य शाखा संयोजक चमर मगरले जानकारी दिए ।

यसैबीच, सोलुखुम्बुमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । शुक्रबारको स्याम्पलिङमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी र व्यवसायीमा कोरोना देखिएपछि समुदायस्तरमा कोरोना फैलिएको पुष्टि समेत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार