यी युवतीको भूतसँग प्रेम सम्बन्ध कसरी !

  हिमाल समाचार
7 Shares

भूत छ कि छैन ? भन्नेबारे धेरैका धेरैथरी दाबी होलान् । विज्ञानले भूतप्रेतको अस्तित्वलाई पूर्णरुपमा नकार्दछ । तर पनि दुनियाँका धेरै मानिसहरु भूतप्रेत रहेको विश्वास गर्दछन् ।

भूत यथार्थमा होस् वा नहोस् तर धेरै मानिसलाई भूत भन्नेबित्तिकै डर लाग्दछ । तर यो दुनियाँमा एकजना यस्ती युवती छिन् जसले भूतसँग प्रेम गरेको दाबी गर्दछिन् ।

बेलायतकी एक युवतीको यो कथा निकै रोचक छ । उनी केवल भूतसँग प्रेम सम्बन्धमा मात्र रहिनन् भूतरुपी प्रेमीसँग छुट्टी मनाउनका लागि विदेश समेत गइन् अरे । तर लामो समयदेखि चलिआएको भूतसँगको प्रेम सम्बन्ध ती युवती अब तोड्न चाहन्छिन् ।

एमथिस्ट रिलम नामकी ती युवतीको दाबी अनुसार उनी एक भूतसँग निकै गहिरो प्रेम सम्बन्धमा छिन् । केही समयअघि उनले आफू भूतको बच्चाको आमा बन्न चाहेको पनि बताएकी छिन् । तर अब चाहिँ उनी भूतसँगको प्रैम सम्बन्धबाट अघाइसकेकी छिन् । उनी अब भूतसँग ब्रेकअप चाहन्छिन् ।

सन् २०१८ मा एक टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा रिलमले आफू केही वर्षदेखि भूतको सम्पर्कमा रहेको बताएकी थिइन् । साथै आफूले भूतसँग रोमान्टिक सम्बन्ध बनाएको पनि दाबी गरेकी थिइन् ।

भूतसँग बिहे गरेर भूतसँगकै समागमबाट बच्चा जन्माउनेसम्मको कल्पना गर्न भ्याएकी रिलमले अबचाहिँ भूतसँग आफ्नो बिहे नहुने बताउन थालेकी छन् । पछिल्ला दिनमा भूतसँग आफ्नो सम्बन्ध टुंगिएको उनको दाबी छ ।

रिलम भन्छिन्, ‘हामी दुवैजना छुट्टीमा थाइल्याण्ड गएका थियौँ । तर छुट्टी मनाएर जब फर्कियौँ तब भूतको व्यवहार पूर्णरुपमा बदलियो । भूतको सायद अरुसँगै प्रेम बस्यो कि भन्ने लागेको छ ।’

रिलमका अनुसार यसअघि आफ्नो प्रेमी भूतले घरमा आउँदा अन्य धेरै भूत साथीहरुलाई समेत सँगै लिएर आउँदथ्यो । साथै ती भूत साथीहरु उनको घरमा कैयन् दिनसम्म बस्दथे अरे । आफूले प्रेमी लगायतका सबै भूतहरुसँगै बसेर पार्टी गर्ने तथा ड्रग्स समेत लिने गरेको उनको दाबी छ ।

एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार