सोलुखुम्बु – इन्जिनियर तथा गायक धर्मराज पोखरेलको दोहोरी गीत ‘रारा तालैमा’सार्वजनिक गरिएको छ ।
गीतकार शिखर गजरकोटेको शब्द र पुराना सर्जक कृष्ण सुधा ढुंगानाको भाकामा तयार भएको गीतमा अग्रज गायिका विमा कुमारी दुरा, गायक सुरेशरमण अधिकारी, धर्मराज पोखरेल र कृष्ण सुधा ढुंगानाको स्वर रहेको छ । संगीत संयोजन विवि अनुरागीले गरेका छन् ।
आजभोली हिमालमा हिउँ छैन्
बोलाम भने बोलाउने निउँ छैन्
आ हो नी रारा तालैमा
घुम्न आउँछु पर्यटक बनेर सान्नानी, आउँदो सालैमा
धर्मराज पोखरेल यूटुवबाट डिजिटल बजारमा पठाइएको गीतको भिडियो निर्देशन शंकर विसीले गरेका छन् । भिडियोमा शंकर र सारिका केसीले छमछमी रोमान्स गरेका छन् ।
दुर्गा पौडेलको छायांकन रहेको भिडियो सम्पादन नविन घर्ती मगरले गरेका छन् ।