प्रधानमन्त्रीले ‘रअ’ प्रमुख गोयललाई भेट्नु राष्ट्रिय सुरक्षामा चुनौती : गगन थापा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीचको भेटलाई लिएर प्रतिपक्षी दल कांग्रेसका सांसद गगनकुमार थापाले आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादाको उलंघन र सामान्य त्रुटी मात्रै नभएर राष्ट्रिय सुरक्षामा नै चुनौती देखाएको बताएका छन् ।

प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुख गोयलबीचको भेटबारे शुक्रबार एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्रीसमेत रहेका थापाले भनेका छन्, ‘प्रधानमन्त्रीको भारतीय गुप्तचरसँगको भेटघाटलाई कूटनीतिक मर्यादाको उल्लंघन भनेर सामान्य त्रुटिका रुपमा प्रस्तुत गर्न खोजिएको छ । सम्बन्धित मन्त्रालय (परराष्ट्र) र निकाय (राष्ट्रिय अनुसन्धान विभाग) को अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ देखिएको छ । यसको अनुसन्धान हुनुपर्छ ।’

प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुख गोयलको भेटको बचाउ गर्नु पनि सही नभएको थापाको भनाइ छ । ‘यस प्रकरणपश्चात् पनि प्रधानमन्त्रीको बचाउमा केही बुद्धिजीविहरूले सामाजिक सञ्जालमा दुई देशबीचको सम्बन्धमा सुधारका लागि यो भेटघाट आवश्यक थियो भनेर बचाउ गरेको देख्दा उदेक लागेको छ,’ उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार