बहुप्रतिक्षित गीत ‘भोकले मर्छु की’बजारमा (भिडियो)

  हिमाल समाचार
1.9k Shares

सोलुखुम्बु – जब, विश्वमा कोरोना कहरको त्रास चुलिएको थियो । सोही बेला रोजगारीका लागि विदेशमा रहेका नेपाली घर फर्कन चाहेर पनि सकेका थिइनन् ।

सरकारले उद्धारको कोशिस प्रर्याप्त नहुदा विभिन्न मूलुकमा स्वदेश फर्कन चाहेका नेपालीको अवस्था विजोग बनेको थियो । त्यही अवस्थामा, गीतकार रमेश बिजीले लेखेको गीत डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।

संगीतकार सुरेश अधिकारीको संगीतमा तयार भएको गीतमा राज सिग्देलले वजस्वी स्वर भरेका छन् । गीतमा अघात माटोको माया प्रस्तुत गरिएको छ ।

विन्दबासिनी म्यूजिक मार्फत बजारमा पठाइएको गीतको निर्माता सुवास रेग्मी हुन् । रमेश बाबा नेपालको निर्देशन रहेको मर्मस्पर्शी गीतको भिडियोमा उषा रजक, देवेन कार्की र यशोदा बोगटीले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार