सम्झनामा ‘मेरी आमा’ (भिडियो)

सोलुखुम्बु – गरिबीले लाखौ नेपालीलाई वैदेशिक रोजगारीमा धपाएको छ । यही पिडालाई समेटी ‘मेरी आमा’ बोलको गीत बजारमा सार्वजनिक गरिएको छ ।

गीतमा अभिषेक राईको स्वर, दुर्लभ जन्तरेको शब्द र टेक नाछिरिङको संगीत रहेको छ । दुर्लभ जन्तरेको निर्देशनमा तयार भएको भिडियोमा परेदशी र घरदेशीको पिडा देखाइएको छ ।

धन कमाएर साहूको ऋण तिर्न विदेशीएका छोराले फर्किदा आमालाई जिउँदो भेट्न नपाएको नेपाली समाजको एउटा मार्मिक कथालाई गीत र भिडियोले बोलेको छ ।

हाइलाइट्स नेपालबाट डिजिटल बजारमा पठाइएको भिडियोमा कविता आले मगर, जीवन राई लगायतले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार