हलेसी तुवाचुङ : उज्यालो बन्यो भाडबेशी र मंसिरे गाउँ

  हिमाल समाचार
203 Shares

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बडादशैमा नगरपालिका ११ राजापानीको भाडबेशी र मंसिरे गाउँ उज्यालो बनेको छ । जारी उज्यालो नगरपालिका अभियान अन्तर्गत शुक्रबार फुलपातीका दिन केन्द्रीय प्रसारण लाइनको विजुली बत्ती उद्घाटन गरिएपछि भाडवेशी र मंसिरे उज्यालो गाउँ बनेको हो ।

नगरपालिकाको बजेट र नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रको प्राविधिक सहयोगमा काम सम्पन्न भएपछि विजुली बत्तीको नगरप्रमुख इवन राईले उद्घाटन गरे । बत्ती बलेपछि उज्यालोसंगै कुटानीपिसानी गर्न, टिभी हेर्न, कम्प्युटर चलाउन, चार्जिङ गर्नेजस्ता कामहरु घरैमा बसेर गर्न सकिने भएपछि स्थानीयहरु हर्षित भएका छन् ।

नागरिकसंग खुशियाली बाँड्दै नगरप्रमुख राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईको खुशी नै हाम्रो खुशी हो, अनि त हाँस्यौ सबै । विधुतीय उपकरणहरुको उपयोगबाट भाडबेशी र मंसिरेका स्थानीयहरुको जीवन सरल, सहज र व्यवस्थित बनेर आयआर्जनमा टेवा पुग्नेछ ।’ उनी थप्छन्, ‘केन्द्रीय प्रसारण लाइनको बत्ती बलेसँगै अव धिपधिपे बत्ती ईतिहासमा सिमित भएको छ ।’

११ वटा वडा रहेको नगरपालिकालाई उज्यालो नगरपालिका बनाउने लक्ष्य राखेर वडा नं. १ बाहुनीडाँडा र वडा नं. २ डिकुवामा विधुतीकरणको काम भइरहेको छ । अन्य ९ वडामा ग्रामिण विद्युतीकरण भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार