दिवान किनारको संगीतमा ‘जहाँ छोड्यौ तिम्ले’ (भिडियो)

  हिमाल समाचार
497 Shares

सोलुखुम्बु – दिवान किनार, तपाईले सुन्नुभएको नाम हो । यदि सुन्नु भएको थिएन भने पनि ‘माया एउटा संग’ र ‘तिमि कस्को हुने होला’ गीत पक्कै सुन्नुभएको छ । हो, उनै गीतकार तथा संगीतकार दिवानको अर्को लोभलाग्दो सृजना बजारमा आएको छ, ‘जहाँ छोड्यौ तिम्ले’ ।

एसएस गणेशको गीत र दिवान किनारको संगीतमा तयार भएको गीतमा स्वरुपराज आचार्यको मधुर स्वरमा रेकर्ड गरिएको छ । पशुपति म्यूजिक मार्फत डिजिटल बजारमा पठाइएको गीतमा एक प्रेमिल जोडीको वियोगान्त कथालाई प्रस्तुत गरिएको छ ।

केही बर्ष सुस्ताएका संगीतकार किनारले यो गीतमा संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ, मास्टरिङ आँफैले गरेका छन् । निशान कास्यपको निर्देशनमा तयार भएको भिडियोमा केकी अधिकारी, गौरव पहरी र कुमार बास्तोलाले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार