दशैँमा कोरोनाबाट जोगिने १२ टिप्स

  डा. रवीन्द्र समिर
280 Shares

हिन्दु नेपालीहरुले दशैँ पर्व मनाइरहदा कोरोना संक्रमणको जोखिम पनि चुलिदो छ । दशैँमा संक्रमितको संख्या बढ्ने आँकलन भइरहदा जनस्वास्वास्थ्य विज्ञ डा. रवीन्द्र समिरले दशैँमा कोरोना संक्रमणबाट बच्नका लागि १२ सुझाव दिएका छन् ।

१. दुवै पक्षले मास्क लगाएर मात्र टिका लगाउनुहोला ।
२. ६ फिटको दुरीमा बस्नुहोला ।
३. सकभर हातमा टिका जमरा लिनुहोला अनि आफै निधारमा लगाउनुहोला ।
४. टिका दिनेले प्रत्येक पटक हात धुनुहोला ।
५. हात पुछ्ने रुमाल र टावेल एक अर्कामा सेयर नगर्नुहोला ।
६. एकजनालाई टिका लगाउने काम १ मिनेटभित्र सक्नुहोला ।
७. घरभित्र हैन, घरबाहिर आँगन, बरण्डा, बगैचा वा अन्य खुला ठाउँमा बसेर टिका लगाउने काम गर्नुहोला ।
८. यो पटक मास्क पटक्कै नखोल्नुहोला । पानी, चिया, कफी, खाजा, खाना आफ्नो घरमा गएर मात्र खानुहोला ।
९. साबुनपानीले हात धोइरहने गर्नुहोला ।
१०. भीडभाड पटक्कै नगर्नुहोला ।
११. दक्षिणा लेनदेन नगरे राम्रो । लेनदेन गर्ने परेमा अघिल्लो दिन हात राम्रोसंग धोएर, पैसालाई खाममा राखेर तथा सुख्खा हातले लेनदेन गर्नुहोला ।
१२. सकभर फोन वा नेटबाट आर्शिवाद तथा शुभकामना आदानप्रदान गर्नुहोला ।

डा. रवीन्द्रको फेसबुक वालबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार