सोलुखुम्बु : गार्मामा कोरोना सचेतना कार्यक्रम

  हिमाल समाचार  974 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सोलुदुधुकण्ड नगरपालिका ७ गार्मामा सचेतना कार्यक्रम संचालन गरिएको छ ।

शुक्रबार साल्मेका यूवा समाजसेवी राज कुमार प्रधानको सहयोग तथा नेपाली कांग्रेस सोलुखुम्बु र नेपाल तरुण दलको आयोजनामा सम्पन्न कार्यक्रममा सर्वसाधारणलाई मास्क, सेनिटाइजर वितरण गर्नुका साथै कोरोना संक्रमणबाट बच्ने उपायका बारेमा सचेतना प्रवाह गरिएको छ ।

निर्माणाधिन हाइड्रोपावरमा भारतीय कामदार आवतजावत बढेकाले कोरोना संक्रमणको जोखिम बढेको र आयोजना स्थल नजिकका गाउँ कोरोनाको उच्च जोखिममा रहेको समाजसेवी प्रधानले बताए । भयावह स्थिती नहुदै सावधानीका लागि नागरिक चेतना प्रवाह गर्न कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ ।

सचेतना तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा कांग्रेस सोलुुखम्बुका सह–सचिव कुशराज राई, सोलुदुधकुण्ड नगरकार्यपालिका सदस्य सोनाम ग्याल्जेन शेर्पा, कांग्रेस नेता भलाकाजी कार्की, कांग्रेस नेतृ छिण्डील्हमू शेर्पा लगायत तरुण दलका यूवा र सर्वसाधारणको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार