सवारी कारबाहीबाट तीन लाख ४२ हजार राजश्व सङ्कलन

  हिमाल समाचार
161 Shares

खोटाङ – ट्राफिक प्रहरी कार्यालय खोटाङले गत असोजमा नियम विपरित सञ्चालन गर्ने ४९१ वटा सवारी साधनका धनीलाई कारबाही गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको अवधिमा नियम बिपरित जबरजस्ती सञ्चालन गरिएका सवारी साधनका धनीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । ट्राफिक प्रहरीले जिल्लाका विभिन्न ठाउँमा ट्राफिक नियम बिपरित चलाइएका सवारी साधनका धनीबाट तीन लाख ४२ हजार ५०० जरिवाना बापत राजश्व सङ्कलन गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक नरेन्द्रप्रसाद पौडेलका अनुसार ११९ वटा ट्रकबाट ७५ हजार, एउटा बसबाट ५००, ७५ वटा टाटा सुमोबाट ४७ हजार, ४८ वटा ट्याक्टरबाट ३२ हजार, २३५ वटा मोटरसाइकलबाट एक लाख ७७ हजार, ८ वटा अटो टेम्पुबाट छ हजार, अन्य पाँच वटा साना सवारी साधनबाट पाँच हजार जरिवाना राजश्व सङ्कलन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार