पोल्यान्डका राष्ट्रपतिलाई कोरोना संक्रमण

  हिमाल समाचार  771 पटक हेरिएको

वार्सा — पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडालाई कोरोना भाइरसको संक्रमण भएको छ । पोल्यान्डको राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्री ब्लाजेज पिचाल्सकीले शनिबार राष्ट्रपति डुडालाई कोरोना देखिएको जानकारी दिएका हुन् ।

‘राष्ट्रपतिलाई हिजो गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको छ । राष्ट्रपतिको स्वास्थ्य अवस्था राम्रो छ ।,’ मन्त्री पिचाल्सकीले ट्विटरमा लेखेका छन् ।

पोल्यान्डमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेकै बेला राष्ट्रपति डुडामा पनि संक्रमण देखिएको हो । शुक्रबार मात्रै पोल्यान्डमा १३ हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पोल्यान्डमा शुक्रबार मात्रै १५३ जनाको कोरोनाबाट मृत्यु भएको छ । पोल्यान्डमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार १ सय ७२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार