सोलुखुम्बु – सोलुखुम्बुमा १३ कोरोना संक्रमित थपिएका छन् । सोलुदुधकुण्ड नगरपालिका २ बेनीबाट संकलन गरिएको १५ स्वाब मध्ये ४ जनाको रिर्पोट पोजेटिभ आएको वडाअध्यक्ष मिंमार दोर्जी शेर्पाले जानकारी दिए ।
वडासदस्य, प्रहरी इन्चार्ज, एम्बुलेन्स चालक र स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको वडा कार्यालयले जनाएको छ । संक्रमितमध्ये २ जना होम आइसोलेसन र २ जना फाप्लु क्वारेन्टीनमा राखिएको वडाअध्यक्ष शेर्पाले बताए । उनीहरुमा कुनैपनि लक्षण नदेखिएको स्वास्थ्यकर्मीले जनाएका छन् ।
त्यस्तै, खुम्बुपासाङल्हामु गाउँपालिकाका थप ९ जनामा कोरोना पुष्टि भएको छ । नाम्चेमा एक बृद्धलाई कोरोना पुष्टि भएपछि उनको कन्ट्रयाक ट्रेसिङमा आएका १२३ स्वाब संकलन गरि पिसिआर परीक्षणमा पठाईएकोमा ९ जनाको रिर्पोट पोजेटिभ आएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराईले बताए । संक्रमितको अवस्था सामान्य रहेको छ ।
यसैबीच, गाउँपालिकाले हवाई उडान कार्तिक १० देखि खुलाउने भएको छ । केही दिन अघि नाम्चेका एक बृद्धमा कोरोना पुष्टि भएपछि खुम्बु आवागमनमा लगाईएको उडान प्रतिबन्ध खुल्ला गर्ने तयारी गरिएको गाउँपालिकाले जारी गरेको सुचनामा उल्लेख छ ।
यद्यपी, पिसिआर गरेको ७२ घण्टे समयावधि भने कायम राखिएको छ ।