गीतकार महेन्द्रदीपले ल्याए ‘सत्य सानु’ (भिडियो)

  हिमाल समाचार  1614 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशीमा जन्मेका गीतकार महेन्द्रदीप राईले आधुनिक गीत ‘सत्य सानु’बजारमा ल्याएका छन् ।
दशैँ तिहारको शुभकामना सहित नवमीको दिन (आइतबार)डिजिटल बजारमा सार्वजनिक गरिएको गीतमा महेन्द्र दीपको गीतमा कृष्ण राईको संगीत रहेको छ भने अन्जु पन्तले स्वर भरेकी छिन् ।

सत्य सानु तिमिलाई मनमन्दिरमा सम्झिए
लड्न लाग्दा जीवनको हर भिरमा सम्झिए

गीतकार राईको यूटुव च्यानलबाट लिरिकल भिडियो सार्वजनिक गरिएको छ । गीतमा विष्णु अधिकारीको संगीत संयोजन रहेको छ भने रेर्कडिङ, मिक्सिङ र मास्टरिङको काम विप्लव अधिकारीले गरेका छन् ।

गीतकार राईले यसअघि राजेशपायल राईको स्वरमा ‘याद यति’बजारमा ल्याएका थिए । त्यस गीतमा पनि कृष्ण राईले नै संगीत भरेका थिए ।

राजनितिमा समेत सक्रिय राईले केही समयको अन्तरालमा पुर्वेली लोक गीत बजारमा पठाउने तयारीमा रहेको जनाए । उनी नेपाली कांग्रेस (थुलुङ दुधकोशी)को सभापति हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार