सोलुखुम्बु – पुर्वेली गायक प्रियजन राईले पुर्वेली लोक गीत ‘सम्झना गाउँघरको’बजारमा ल्याएका छन् । पुर्वेली जुनतारा म्यूजिकबाट बजारमा पठाइएको गीतमा खोटाङ महेश्वरीका लब्ली तुल्सीको शब्द र प्रियजनकै भाका र स्वर रहेको छ ।
गीतकार तुल्सी रोजगारीको शिलशिलामा परदेशमा छन् । जन्मेको गाउँघरको सम्झनामा तयार पारिएको गीतको संगीत संयोजन सुमन राईले गरेका छन् । जनकराज अधिकारीको छायांकन, धड्कन लिम्बुको सम्पादन रहेको भिडियोलाई गायक स्वयम्ले निर्देशन गरेका छन् ।