सोलुखुम्बु – दशैँको गीतमा गायकद्धय आनन्द कार्की र रामकृष्ण ढकालको स्वर एकसाथ सुन्न सकिन्छ ।
‘दशैँ ठूलो चाड’बोलको गीतमा कार्की र ढकालका अलवा विश्व नेपाली, वविता मानन्धर र राजेश एकलको स्वर भरिएको छ ।
राजेश एकलको गीतमा शिखर सन्तोषको संगीत रहेको छ । विरेन तितुङको निर्देशनमा तयार भएको भिडियोमा गायक गायिका स्वयम् प्रस्तुत भएका छन् ।
हिन्दु नेपालीको ठूलो चाडको रुपमा लिइने दशैँको महत्व वर्णन गरिएको गीतलाई आनन्द कार्की अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।