खोटाङका जिसस प्रमुख, सिडियो र डिएसपी कोरोना संक्रमित

  हिमाल समाचार
672 Shares

खोटाङ — खोटाङका जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला समन्वय प्रमुख बवि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरियाको पिसिआर रिर्पोट पोजिटिभ आएको हो । आइतबार प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड–१९ संक्रमण देखिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङलाई सामान्य ज्वरो र टाउको दुख्ने समस्या छ भने प्रजिअ पौडेललाई ज्वरो देखिएको छ । प्रनाउ चिमरियालाई पनि सामान्य रुघाको लक्षण देखिएको छ ।

संक्रमित सबै होम आइसोलेसनमा रहेको समन्वय प्रमुख चाम्लिङले बताए । शनिबार आठ जनाको स्वाब संकलन गरिएकामा तीन जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पतालका चिकित्सक प्रवीण झाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार