सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका ३ पन्चन क्षेत्रमा निर्माणाधिन सोलुखोला दुधकोशी जलविद्युत आयोजनाका २५ जना कामदारलाई कोरोना संक्रमणको पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार शुरु गर्न थुलुङ दुधकोशी गाउँपालिकाले परिपत्र गरेको छ ।
दुई दर्जन बढि कामदारमा कोरोना पुष्टि भएपछि गाउँपािलकाले आइतबार नै संक्रमितलाई आइसोलेसनमा राखेर उपचार शुरु गर्न, आवश्यक औषधी, भेन्टिलेटर, अक्सिजन लगायतको व्यवस्थापन गर्न आग्रह गर्दै सिइ कन्ट्रक्सनलाई परिपत्र गरेको छ ।
गाउँपालिका अध्यक्ष असिम राईद्धारा हस्ताक्षरित परिपत्रमा समुदायस्तरमा कोरोना संक्रमण फैलन नदिनका लागि आयोजनामा कार्यरत कर्मचारी र कामदारको पिसिआर परीक्षणको व्यवस्था मिलाउन, स्थान्ीय कामदारलाई कम्तीमा १४ दिन होम क्वारेन्टीनमा बस्ने व्यवस्था मिलाउन, सुरक्षा सावधानीका सम्पुर्ण उपाय अपनाउन र संक्रमण रोकथाम र संक्रमितको उपचारका लागि गरिएका कामको नियमित प्रतिवेदन पेश गर्न आग्रह गरिएको छ ।