सोलखुम्बु – सोलुखोला दुधकोशी हाईड्रोपावरमा काम गर्ने १४ जना कामदारलाई क्वारेन्टीमा राखिएको छ ।
सोलुखुम्बुमा निर्माणाधिन ८६ मेगावाटको आयोजनाका २५ कामदारलाई आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा पुगेका र शंकास्पद लक्षण देखिएका १४ जना कामदारलाई क्वारेन्टीनमा राखिएको हो ।
निर्माण कम्पनी सिइ कन्स्ट्रक्सनका जनसम्पर्क अधिकृत प्रकाश दाहालले संक्रमितको अवस्था सामान्य रहेको र शंकास्पद लक्षण देखएका व्यक्तिलाई क्वारेन्टीनमा राखिएको बताए ।
क्वारेन्टीनमा राखिएको पिसिआर परीक्षणको तयारी गरिएको छ । आयोजनाको काम भने जारी राखिएको कम्पनीले जनाएको छ ।
यता, आइतबार ४ कोरोना संक्रमित पहिचान भएको सोलुदुधकुण्ड नगरपालिका २ बेनीबाट संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलनको तयारी गरिएको छ ।
वडाअध्यक्ष मिंमार दोर्जी शेर्पाका अनुसार मंगलबार स्वाब संकलन गरिनेछ ।
त्यस्तै, फाप्लु (यर्मादिङ)को क्वारेन्टीन र आइसोलेसनमा रहेका संक्रमितको समेत सोमबार स्वाब संकलन गरिने जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।