सोलुखुम्बु : बेनीबाट ३० जनाको स्वाब संकलन

  हिमाल समाचार
1.8k Shares

सोलुखुम्बु – सोलुखुम्बुको बेनीबाट कोरोना संक्रमितको सम्पर्कमा रहेका ३० जनाको स्वाब संकलन गरिएको छ ।

आइतबार सोलुदुधकुण्ड नगरपालिका २ बेनीका ४ जनामा कोरोना संक्रमण देखिएपछि आज उनीहरुको सम्पर्कमा रहेका ३० जनाको स्वाब संकलन गरिएको छ ।

संकलित स्वाब पिसिआर परीक्षणका लागि काठमाण्डौ पठाइएको वडाअध्यक्ष मिंमार दोर्जी शेर्पाले जानकारी दिए । नगरपालिका र वडाको स्रोत व्यवस्थापनमा समुदायस्तरमा कोरोना फैलन नदिन छिटो छरितो पिसिआरका लागि काठमाण्डौ लगिएको वडाअध्यक्ष शेर्पाको भनाई छ ।

आइतबार प्रहरी इन्चार्ज, वडासदस्य, एम्बुलेन्स चालक र एक स्थानीयमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुमध्ये २ जना फाप्लु स्थित आइसोलेसनमा छन् भने २ जना होम आइसोलेसनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार