प्रहरीको दशै : कार्यक्षेत्रमै

  दिपेन्द्र पराजुली
441 Shares

सोलुखुम्बु – प्रहरी, २४ सै घण्टा शान्ति सुरक्षाका लागि खटान । त्यसकारण प्रहरीले चाडपर्व भन्न पाउदैन् । सधैँ अरुको लागि बाँच्छन् । समाजका रक्षक हुन् । पर्व विशेषमा उनीहरुको मनमा पनि परिवार र आफन्त घुम्छ नै तर मन मारेर कार्यक्षेत्र मै खटिरहनुपर्छ ।

प्रायःप्रहरीको दशैँ कार्य क्षेत्रमै वित्छ । चाडपर्वमा विदा पाउने प्रहरी निकै कम हुन्छन्, विदा पाउनेहरुलाई लाग्दो हो, युद्ध जित्या झैँ आनन्द । जब, चाडपर्वको मौसम आउँछ, तब, प्रहरीको जीवनमा ‘सोच झैँ जीन्दगी रैनछ’बोलको गीतले भने झैँ हुन्छ । पारिवारिक भेटघाट, रमझम, खानपिनमा रमाउन कहाँ पाउनु ?

टेकुनन्द ईवा लिम्बु, सोलुखुम्बु जिल्लाको प्रहरी प्रमुख । दशैँमा विदा नलिएको बर्षौ भयो । त्यसकारण, खल्लो लाग्नै छाडिसक्यो । उनी भन्छन्, ‘अब त यूज टु भइसक्यो । जागिरको शुरु शुरुमा निकै खल्लो लाग्थ्यो । अहिले त यस्तै भनेरै चित्त बुझ्छ ।’ प्रहरी नायव उपरीक्षक लिम्बु दशैँको दिन आफ्ना प्रहरी कर्मचारी संगै थिए । टिकाटालो गरेर दशैँ मनाए । ‘आफ्नो जिम्मेवारी निर्वाह गर्दैछौ । जहाँ पुग्छौ, रमाउन सिकेका छौ । रमाइलो लाग्छ ।’ उनले भने ।

उदयपुर घर भएका महेन्द्र दर्नाल, केही महिना देखि सोलुखुम्बुमा कार्यरत छन् । प्रहरी निरीक्षक दर्नाल जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पनि हुन् । यो पटकको दशैँ कार्य क्षेत्रमै वित्यो । उनी भन्छन्, ‘परिवार, आफन्तलाई भेटेर रमाउन र शुभकामना आदानप्रदान गर्न कस्लाई मन लाग्दैन् ? तैपनि चाडपर्वमा विदा नपाउदा अनौठो लाग्दैन् । किनकी, हामी प्रहरी सेवामा छौ ।’ जिम्मेवारीलाई शिरोपर गरेपछि व्यक्तिगत चाहना ठूलो नलाग्ने दर्नालले बताए । उनी थप्छन्, ‘अक्सर, हाम्रो दशैँ कार्यक्षेत्रमै वित्छ ।’

ट्राफिक प्रहरी ईन्चार्ज कृष्ण कट्वालको घर ओखलढुंगा हो । ‘चाडपर्वको बेला घरपरिवारलाई निकै सम्झने मनलाई सम्हाल्न गाह्रो हुन्छ ।’ उनले भने, ‘कहिलेकाहीँ लाग्छ, चाडपर्व नै नआइदिए हुन्थ्यो ।’ मन खिन्न बनाएर पनि जिम्मेवारी पुरा गर्ने कट्वालको भनाई छ । ‘प्रहरी सेवामा जोडिएपछि दशैँमा घर जाने विदा विरलै मिल्छ ।’ उनले बताए ।

विदामा जाने (थोरै)प्रहरीको जिम्मेवारी पनि थपिने हुदाले कार्यक्षेत्रमा रहेका प्रहरीलाई ड्यूटी अझ बढ्ने समस्या प्रहरी सेवामा जिवितै छ । दरबन्दी अनुसारको कर्मचारी नहुदा पनि शान्ति सुरक्षा व्यवस्थापनमा प्रहरीलाई चुनौती थपिएको स्वयम् प्रहरी अधिकारीहरु बताउछन् ।

चोरी डकैतीका घटना चाडवाडकै बेला हुने संभावना बढि हुनाले पनि प्रहरीको खटाइ अझ बढ्छ । परिवारबाट टाढा हुदा मन खल्लो बनाएरै भएपनि परिस्थिती अनुसार रमाउन सिक्नुपर्ने सुरक्षा सेवा बनेको छ ।

सम्पुर्ण प्रहरीलाई दशैँको शुभकामना !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार