खुम्बुका होटल संचालकहरुलाई अभिमूखिकरण गराइने, वडालाई ४–४ लाख बजेट

  हिमाल समाचार
7.7k Shares

सोलुखुम्बु – कोरोना कहरका बीचमा पनि होटल सेवा प्रवाहलाई व्यवस्थित गराउन खुम्बु पासाङल्हमू गाउँपालिकाले होटल संचालकलाई अभिमूखिकरण गर्ने भएको छ ।
कात्तिक ९ गते बसेको कार्यपालिकाको वैठकले कोरोना कहरका बीचमा होटल बन्द नगर्ने र सुरक्षित रुपमा खुम्बु भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई दिने सेवाका बारेमा अभिमूखिकरण गराउन हरेक वडालाई ४–४ लाखको दरले २० लाख रकम विनियोजन गर्ने निर्णय गरेको छ । वडाका जनप्रतिनिधिहरुले सम्बन्धित विषयका विज्ञ झिकाएर होटल संचालकलाई अभिमूखिकरण गर्ने प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराईले जानकारी दिए ।

गाउँपालिकाले कोरोना शंकास्पद विरामी भेटे स्वाब संकलनका लागि तालिम प्राप्त जनशक्ति नभएपछि २ स्वास्थ्यकर्मीलाई तालिममा पठाउने निर्णय समेत गरेको छ । एक बुद्धमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेका नागरिकको स्वाब संकलनका लागि काठमाण्डौबाटै स्वास्थ्यकर्मी झिकाउनु पर्दा खर्चिलो हुने देखिएपछि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई ह्याम्स हस्पिटलमा तालिम दिलाउने तयारी गरेको प्रमुख प्रशासकिय अधिकृत भट्टराईको भनाई छ ।

हवाइ उडान सुचारु भएपछि खुम्बुमा फाट्टफुट्ट पर्यटकको आवागमन भएको र खुम्बु प्रवेशीले नक्कली पिसिआर रिर्पोट लिएर प्रवेश गर्ने गरेको पाइएकाले त्यस्ता कार्यलाई निरुत्साहित गर्न सरकारी अस्पताल र प्रयोगशाला, ह्याम्स, स्टार र बि एण्ड बि अस्पतालको मात्र पिसिआर रिर्पोट मान्य हुने गरि गाउँपालिकाले निर्णय लिएको छ ।

त्यस्तै, कोरोना संक्रमण पुष्टि भएपछि खुम्बुका सर्वसाधारणले आफू खुसी पुल, बाटो बन्द गर्न थालेपछि त्यस कार्यलाई निरुत्साहित गर्न गाउँपालिकाले कडाइ गरेको छ । कोरोना संक्रमणको डरले सार्वजनिक स्थलमा आवतजावत अबरोध नगर्न खुम्बु पासाङल्हमू गाउँपालिकाले अवरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार