सोलुखुम्बु – सोलुखुम्बुबाट थप ३० जनाको स्वाब संकलन गरिएको छ ।
मंगलबार साँझ सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु (यर्मादिङ)स्थित आइसोलेसन र होम आइसोलेसनमा बसेका कोरोना संक्रमित, जिल्ला अस्पतालका शंकास्पद विरामी, स्वास्थ्यकर्मी, सवारी चालक, होटल व्यवसायी गरि ३० जनाको स्वाब संकलन गरिएको हो ।
संकलित स्वाब पिसिआर परीक्षणका लागि मंगलबार नै प्रदेश ल्याव विराटनगर पठाइएको जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले बताइन् ।
मंगलबार नै सोलुदुधकुण्ड नगरपालिका २ बेनीबाट कोरोना संक्रमितको सम्पर्कमा रहेका ३० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि काठमाण्डौ पठाइएको थियो ।