धमिलो पानीमा माछा मार्ने दाउ : जनमोर्चा अध्यक्ष केसी

गोयल–ओली गोप्य भेट

  शिखर गजरकोटे
133 Shares

सोलुखुम्बु – भारतको खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त कुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीको गोप्य भेटले राजनितिक वृत्त तरगिंत बनेको छ । ओली र सरकारको आलोचनासंगै नेपाल भारत सम्बन्धका विभिन्न पाटामा अड्कलबाजी समेत भइरहेका छन् ।

गोयलको नेपाल भ्रमणले दुई देशको बीचमा रहेको अविश्वास हट्ने र यो भ्रमणपछि अब सीमा विवादबारे वार्तासमेत हुन सक्ने भारतीय विज्ञले बताइरहेका बेला नेपालका राजनितिक दल तथा विश्लेषकहरुले भने भारतले धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाएका छन् ।

कति सम्म भने गोप्य भेटको विषयमा सत्तारुढ नेकपा भित्रैबाट विरोध भइरहेको छ । तर यो विषयमा न प्रधानमन्त्री ओली बोलेका छन् त, न सरकारले आधिकारिक धारणा बाहिर ल्याएको छ ।

यहि विषयमा कुराकानी गर्न आजको टकटाइममा हामीसंग हुनुहुन्छ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी । अध्यक्ष केसीलाई सहकर्मी शिखर गजरकोटेले गोयल र ओली बीचको गोप्य भेटलाई कसरी बुझ्नुभएको छ ? भनेर सोध्नुभएको छ ।

नेपालमा सत्तारुढ दल भित्रै झगडा छ । अनि, प्रतिपक्ष भित्र झगडा छ । मूलुक कमजोर भाछ । शासकहरु आत्तिएको बेलामा भारतीयहरुले आफ्ना के योजना कार्यान्वयन गराउनु परेको छ, त्यसका लागि उनीहरु आएर आफ्नो स्वार्थ पुर्तीको लागि कन्भिन्स गर्छन् । यो गोप्य भेट नेपाल र नेपालीको हितको लागि हैन । फेरि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुत बनेर आएको भन्ने कुरा पनि झुटको खेति हो । अब सिआइडी विभागको प्रमुख आएर सरकार प्रमुखलाई भेट्दा कसैलाई नराखेर गोप्य भेट गर्नु नेपाल र नेपालीको हितमा छैन् । भारतले आफ्नो दुनो सोझ्याउने कोशिस गरेको छ ।

प्रधानमन्त्रीले ‘रअ’प्रमुखलाई भेटेको भोलिपल्टै देशबासीको नाममा सम्बोधन पनि गर्नुभएको थियो । धेरैलाई लागेको थियो की, प्रधानमन्त्रीले गोप्य भेटका विषयमा पनि बोल्लान् । तर बोलेनन् । यस्ले त, राष्ट्रबादी नेताको ट्याग लगाएका ओलीको स्तर खस्कियो त ?

ओलीको राष्ट्रबाद महाकाली सन्धिमा पनि देखिएको हो । अहिले पनि देखिदैछ । तर नाकाबन्दीको समयमा उनले लिएको सकारात्मक थियो । त्यसैको व्याज खाइरहेका छन् अहिले । भारतले नेपाली माथी विभिन्न दबाब दिइराखेका छन् । अनेक वितण्डा मच्चाइ राखेका छन् । यस्तो बेलामा भारतीय गुप्तचर विभागको प्रमुख नेपाल आउनी तर परराष्ट्र मन्त्रालय संग कुनै जानकारी नहुनी, अनि रातारात २ घण्टा कुरा गर्नी । अनि नेकपा भित्रको जुन झगडा छ र कांग्रेस भित्रको जुन झगडा छ । त्यो कमजोरीबाट फाइदा लिनका लागि भारतले पठाको हो । नेपालका शासकहरु आत्तिएको बेला त भारतले भनेको मान्छन्, हेर्नुस् ।

त्यसो भए कतिपयले भनेजस्तो गोयल–ओलीको भेटले चिसिएको नेपाल भारत सम्बन्धमा सुधार ल्याउदैन् ?

यो सब झुटको खेति हो । सोझै मोदीले ओलीसंग कुरा गर्न सक्थे । परराष्ट्र सचिवस्तरबाट छलफल हुन सक्थ्यो । नेपालीहरुलाई जानकारी हुन्थ्यो । एजेण्डा थाहा हुन्थ्यो । भारतीयहरुले कुन कुन बेलामा घाँटी थिच्न पर्छ । त्यो त उनीहरुले राम्रो संग बुझेका छन् । नेपालमा सत्तापक्ष र प्रतिपक्ष पद र शक्तिका लागि सघर्ष गरिरहेका बेला भारतले धमिलो पानीमा माछा पार्ने दाउ लगाएको छ । यो राष्ट्र हितमा छैन् ।

सरकार बोल्दैन्, न, प्रधानमन्त्रीले केही भन्छन् । दोस्रो तहका नेताहरु गाइगुइ गरिराका छन्, किन होला ?

प्रधानमन्त्रीका चाटुकारहरु बोलिरहेका छन् । स्वयम् प्रधानमन्त्रीलाई बोल्न कल्ले छेक्यो । गोयल आउनु अघि यो एजेण्डा सहित नेपाल आउदैन् भनेर नेपाली जनतालाई बताउनु पर्दैन । राष्ट्रयता कमजोर हुदै गएको बेला भारतीय हस्तक्षेप बढ्न थालेको गतिलो उदाहरण हो, यो गायलको नेपाल आगमन ।

त्यसो भए नेपालमा केही अनिष्ट हुदैछ त ?

त्यस्तै दाउ हेरेर नै नेपालका राजनितिक दलहरुलाई खेलाइरहेका हुन्छन् । जब, नेपाल कमजोर बनेको देख्छन्, तब भारतीय गतिविधि बढ्न थाल्छ । किनकी, इतिहासले त्यही भन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार