सगरमाथाको फेदीमा ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ अभियान

  हिमाल समाचार
2.7k Shares

सोलुुखुम्बु – सरकारले कोरोना संक्रमितको उपचारबाट पन्छिएको भन्दै सुरु गरिएको ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ अभियान सगरमाथाको फेदीमा पुगेको छ । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका नेवि संघ नेता दुजाङ शेर्पाको टोलीले सगरमाथाको फेदीमा विरोध प्रदर्शन गरेको हो ।

५ हजार ३५७ मिटर उचाइमा रहेको गोक्योरिमा उनीहरूले सरकार विरुद्ध प्ले कार्ड प्रदर्शन गरेका हुन् । ‘तपाईंको उपचार गर्दा हामी सबै चुप, जनताको उपचार गर्दा भाग्न पाइन्छ ?’, ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ र ‘कोरोना कहरमा उपचारदेखि अन्त्येष्टिसम्म सरकार भाग्ने, नागरिकले कर चाहिँ किन तिर्ने ?’ लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

महामारीका बेलामा जिम्मवोरीबाट भागेको सरकारबारे दुनियाँले थाहा पाओस् भनेर संसारकै अग्लो शिखर सगरमाथाको छेउमै पुगेर आाफूहरूले विरोध गरेको शर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार