बजारमा ‘पुर्वेली ठिटी’ (भिडियो)

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – गीतकार महेन्द्रदीप राईले पुर्वेली लोक गीत ‘पुर्वेली ठिटी’बजारमा ल्याएका छन् ।

गीत महेन्द्र दीप राईको रचनामा तयार भएको हो । कृष्ण राईको भाका सृजनामा कृष्ण राई र सुनिता थेगिमले स्वर भरेकी छिन् ।

कृष्ण राई अफिसियल यूटुव च्यानलबाट स्टुडियो भिडियो सार्वजनिक गरिएको छ । गीतमा कृष्णभक्त राईको संगीत संयोजन रहेको छ । गीतमा भेडेटार र सोलु सल्लेरीको बखान गरिएको छ । यसको अर्थ गायकले भेडेटार र गायिकाले सल्लेरी क्षेत्रको प्रतिनिधित्व गरेका छन् ।

गीतकार राईले यसअघि राजेशपायल राईको स्वरमा ‘याद यति’बजारमा ल्याएका थिए भने केही दिन अघि मात्र अन्जु पन्तको स्वरमा आधुनिक गीत ‘सत्य सानु’बजारमा प्रस्तुत गरेका थिए ।
राजनितिमा समेत सक्रिय गीतकार राई नेपाली कांग्रेस (थुलुङ दुधकोशी)को सभापति हुन् ।

गीतकार राईका अन्य गीतहरु पनि सुनौ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार