प्रदेश १ : संक्रमित १७ हजार, ९ हजार डिस्चार्ज

  हिमाल समाचार
161 Shares

विराटनगर – प्रदेश १ मा हालसम्म ९ हजार ४४६ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमितको संख्या १७ हजार ६९४ पुग्दा ९४४६ जना डिस्चार्ज भएको हो ।

हालसम्म प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हिजो प्रदेश १ मा ४३ जना कोरोना संक्रमित थपिएका थिए ।

सुनसरीमा ३०, झापामा ७, मोरंगमा ६ जनामा संक्रमण देखिएको छ । सुनसरीको धरानमा २७, इटहरीमा ३, झापाको विर्तामोडमा ४, दमकमा २, भद्रपुरमा १, मोरंगको सुन्दरहरैचामा ३, विराटनगर, उर्लाबारी र कटहरीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रदेश १ मा हिजो ४ जनाको मृत्यु भएको थियो । मोरंग र सुनसरीमा २–२ पुरुषको मृत्यु भएको हो । हालसम्म १ लाख ५५ हजार २८५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार