खुम्बुमा फाट्टफुट्ट पर्यटक, असोज देखि ३९३ पर्यटकको आवागमन

सोलुखुम्बु – आन्तरिक हवाई उडान सुरु भएसंगै सोलुखुम्बुको खुम्बु क्षेत्र भित्रने पर्यटकको संख्या बाक्लिन थालेको छ । कोरोना भाईरस संक्रमणको जोखिम बढेपछि चैत्र ११ बाट बन्द आन्तरिक उडान असोज ५ गतेबाट सुचारु भएसंगै फाट्टफुट्ट पर्यटकहरु खुम्बु क्षेत्र भित्रन थालेका हुन् ।

जोरसल्ले चेकपोष्टको तथ्यांक अनुसार असोज महिनामा १ सय ७१ जना पर्यटक खुम्बु भित्रिएका छन् । जसमा १४६ नेपाली र २५ जना विदेशी पर्यटक छन् । कात्तिक महिनाको १३ गते बिहिबारसम्म ६० जना विदेशी र १६२ जना नेपाली पर्यटकले खुम्बु क्षेत्र प्रवेश गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताए ।

असोज र कात्तिक महिनामा मात्र ३ सय ९३ जना नेपाली र विदेशी पर्यटकहरु खुम्बु भित्रिएका छन् । चेक पोष्टको तथ्यांकलाई हेर्न हो भने विदेशी पर्यटकको तुलनामा खुम्बु प्रवेश गर्ने नेपाली पर्यटकको संख्या बढि देखिन्छ । आन्तरिक हवाई उडान सुरु भएपछि बाह्य पर्यटक समेत खुम्बु भ्रमणमा आउन थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायको भनाई छ ।

खुम्बु भ्रमणका लागि पुग्ने नेपाली तथा विदेशी पर्यटकको खाना र आवास व्यवस्थापनका लागि कोरोना कहरका बीचमा पनि सेवा प्रवाह जारी राख्ने गरि होटल संचालकलाई अभिमूखिकरण गर्ने तयारी गरिएको छ । होटल संचालक अभिमूखिकरणका लागि खुम्बु पासाङल्हमू गाउँपालिकाले हरेक वडालाई ४–४ लाख बजेटको व्यवस्थापन गरेको छ ।

वडाका जनप्रतिनिधिहरुले हस्पिटालिटी विज्ञ झिकाएर होटल संचालकलाई अभिमूखिकरण गराउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार