‘गाउँ प्रहरी’ भर्ना गर्ने दिप्रुङ चुईचुम्माको तयारी

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पनि गाउँ प्रहरी भर्ना गर्ने तयारी थालेको छ ।

गाउँपालिकाको शान्ती–सुरक्षा र दैनिक कार्य सम्पादनका क्रममा सहयोगीका रुपमा उपयोग गर्नेगरी गाउँपालिकाले गाउँ प्रहरी भर्नाको तयारी गरेको हो ।

गाउँपालिकाले प्रहरी ऐन पास गरेर १ जना प्रहरी हवल्दार, ४ जना प्रहरी जवान भर्नाको तयारी गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । गाउँपालिका प्रहरी भर्नाका लागि विज्ञापन समेत आव्हान गरिसकिएको उनले बताए ।

यता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तिहारपछि नगर प्रहरी भर्ना गर्दैछ । यसअघि ऐसेलुखर्क गाउँपालिकाले ३ जना गाउँ प्रहरी भर्ना गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार