उदयपुर : ताप्लीका झण्डै एक सयमा झाडा–वान्ता, टाउको दुख्ने र ज्वरोको समस्या

  सोनी राई  529 पटक हेरिएको

सोलुखुम्बु – उदयपुरको ताप्ली गाँउपालिका ४ ठानागाँउका करिब एक सय जनामा झाडा–वान्ता, टाउको दुख्ने र ज्वरोको समस्या देखिएको छ ।

साविकको ठानागाउँ ३, ४ र ५ नम्बर वडाका करिब एक सय सर्वसाधारण विजयादशमीको दिन देखि विरामी परेका छन् । उनीहरुमा झाडा–वान्ता, रातो मासी, टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको स्थानीय शिव राईले बताए ।

विरामी हुनेहरु सबै उमेर समूहका रहेका छन् । विरामीको संख्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको स्थानीय मेडिकलका अहेव हरि लगुनले बताए । विरामीहरुको घरमै पुगेर उपचार गरिएको छ । कारण पहिचान नभएको अहेव लगुनको भनाई छ ।

दशैको समयमा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु विदा रहेको र नजिकमा अस्पताल नभएकाले उपचारमा समस्या देखिएको संवाददाता ठविन्द्र मगरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार