खोटाङ : आफन्त कुटपिट आरोपमा बाबुछोरा प्रहरी नियन्त्रणमा

  हिमाल समाचार
1.1k Shares

खोटाङ – आफन्त कुटपिटको आरोपमा खोटाङ दोर्पाका २ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कात्तिक ७ गते फूलपातीको दिन आफन्तमा भएको झगडामा धारिलो हतियार प्रयोग गरि कुटपिटमा संलग्न भएको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ दोर्पा (चिउरीडाँडा)का दिपक भनिने जीत बहादुर दर्जी र उनका छोरा अर्जुन दर्जीलाई सोही दिन प्रहरीले पक्राउ गरेको हो । उनीहरु बाबुछोरा हुन् ।

सो घटनामा प्रकाश हिङमाङ र दिवस हिङमाङ घाइते भएका छन् । घाइते दिवसको अवस्था सामान्य रहेपनि प्रकाशको अवस्था गम्भिर रहेको थियो । जिल्लामा उपचार संभव नभएपछि काठमाण्डौमा उपचाररत उनी खतरामुक्त रहेको पारिवारिक स्रोतले बताएको छ ।

धारिलो हतियार प्रयोग गरि कुटेर प्रकाशलाई पिडककै घर नजिक फालिएको अवस्थामा परिवारका सदस्यले भेटेका थिए । फूलपातीको दिन जीत बहादुरको घरमा खानपानमा रहेका प्रकाश र दिवसलाई घरायसी विषयमा विवाद हुदा कुटपिट गरिएको पिडितका परिवारले बताएको छ ।

प्रहरी नियन्त्रणमा रहेका बाबुछोरालाई ज्यान मार्ने उद्योगमा मुद्धा अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक गोविन्द शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार