सोलुखुम्बु : सल्लेरी च्याल्साको पावर हाउसमा एक पुरुषको शव फेला

  सोनी राई  1819 पटक हेरिएको

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ७ स्थित सल्लेरी च्याल्सा विद्युत कम्पनीको पावर हाउसको कुलोमा एक पुरुषको शव भेटिएको छ ।

नगरपालिकाको वडा नं ११ तिङलाका अन्दाजी ६०÷६२ वर्षिय गोकर्ण खड्काको शव पावर हाउसको कुलोमा भेटिएको हो । विहिबार मध्यान्न शव भेटिएको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा खटिएको थियो ।

घटनाको आवश्यक अनुसन्धान भईरहेको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको प्रहरी निरिक्षक महेन्द्र दर्नालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार