तीन नेपालीद्वारा लबुचे हिमालको सफल आरोहण

सोलुखुम्बु – बहराईनका राजकुमारपछि दोस्रोे टोलीको रुपमा ३ जना नेपालीले लबुचे हिमालको सफल आरोहण गरेका छन् ।

आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न भन्दै वोङ्छु पिक प्रमोसन ट्रेक एण्ड एक्स्पिडिसनको ब्यवस्थापनमा विहीबार ३ नेपालीले सफल आरोहण गरेका हुन ।

६ हजार १ सय १९ मिटर उचाईको हिमालमा सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङ निवासि लाक्पा शेर्पा, रिन्जि शेर्पा र थुलुङदुधकोशी गाउपालिका ६ निवासि विनोद मणि राईले विहान १० बजे पाईला टेकेका हुन् ।

कोरोना कहरका बीच पर्यटन क्षेत्र शिथिल बनिरहेका बेला पर्यटकको ध्यान तान्नलाई नेपाली टोलीले आरोहण गरेको उक्त दलका सदस्य विनोद मणि राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार