खोटाङ – खोटाङमा एक जना कोरोना संक्रमित थपिएको छ ।
जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षकमा कोरोना पोजेटिभ देखिएपछि कन्ट्रयाक ट्रेसिङको आधारमा बुधबार ६६ जनाको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि काठमाण्डौँ पठाइएको थियो ।
६६ मध्ये ४३ जनाको रिर्पोट प्राप्त हुदा एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका राजनितिक सल्लाहकार कमल ढकालले जानकारी दिए । पत्रकार दिवश रिजालमा संक्रमण देखिएको हो ।
उनी अनलाइन आवाज डटकमका सम्पादक हुन् । बाँकी २३ जनाको पिसिआर रिर्पोट पनि आजै आउने बताइएको छ ।