खोटाङ – खोटाङका थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।
जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षकमा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङको आधारमा संकलन गरिएको स्वाबको पिसिआर परिक्षण गर्दा आज १२ जनामा कोरोना संक्रमण देखिएको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका मेयर दिपनारायण रिजालको सचिवालयले जनाएको छ । हो । गत बुधबार ६६ जनाको स्वाब संकलन गरिएको थियो ।
अन्य १५ जनाको रिपोर्ट आउन बाँकी छ । कोरोना फैलन सक्ने संभावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, मालपोत कार्यालयले विहिबार देखि अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरेको छ ।