सोलुखोला दुधकोशी हाईड्रोपावरका ४५९ कामदारको स्वाब संकलन

सोलुखुम्बु – निर्माणाधिन (८६ मेगावाट) सोलुखोला दुधकोशी हाईड्रोपावरका २५ कामदारलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका ४५९ कामदारको स्वाब संकलन गरिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकाले दिएको निर्देशन अनुसार हाईड्रोपावरका कर्मचारी, कामदार र स्थानीयको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि काठमाण्डौको पठाईएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

यसअघि गाउँपालिकाले कोरोना संक्रमण फैलन नदिनका लागि आयोजनामा कार्यरत कर्मचारी र कामदारको पिसिआर परीक्षणको व्यवस्था मिलाउन, स्थान्ीय कामदारलाई कम्तीमा १४ दिनहोम क्वारेन्टीनमा बस्ने व्यवस्था मिलाउन, सुरक्षा सावधानीका सम्पुर्ण उपाय अपनाउन र संक्रमण रोकथाम र संक्रमितको उपचारका लागि गरिएका कामको नियमित प्रतिवेदन पेश गर्ने वातावरण मिलाउन निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार