सोलुखुम्बु : कोरोना बीमा गर्नेको संख्या ३५ सय

१२ जनाले गरे बीमा रकम दाबी

  हिमाल समाचार  761 पटक हेरिएको

सोलुखुम्बु – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस लक्षित बीमा गर्नेको संख्या ३५ सय पुगेको छ ।

गत बैशाख ७ देखि हालसम्म ३५ सय व्यक्तिले कोरोना बीमा गरेका हुन् । नेपालमा पनि कोरोनाको संक्रमण बढ्दै गएसँगै व्यक्तिगत तथा संस्थागत रुपमा बीमा पोलिसी खरिद गर्नेको संख्या बढेको आइएमई जनरल इन्स्यूरेन्स, शाखा सोलुखुम्बुका प्रबन्धक खगेन्द्र बनले बताए ।

त्यसमध्ये १२ जनाले बीमा रकम दाबी गरेका छन् । उनीहरुलाई रकम भुक्तानी प्रक्रियामै रहेको शाखा प्रबन्धक बनको भनाई छ । भदौ २८ भन्दा अघि बीमा गर्नेका लागि पीसीआर परीक्षणबाट पोजेटिभ आएको रिपोर्ट पेश गर्नु पर्नेछ भने त्यसपछि बीमा गरेकाहरुले संक्रमितले उपचारको आधारमा खर्च विवरण समेत पेश गर्नुपर्नेछ ।

कोरोना बीमा ५० हजार वा १ लाख रुपैयाँको गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार