संक्रमित थपिएसंगै हलेसी तुवाचुङमा विशेष सर्तकता

  हिमाल समाचार
392 Shares

खोटाङ – दुई जनामा कोरोना संक्रमण पुष्टि भएसंगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विशेष सर्तकता अपनाएको छ ।

वडा नं ७ महादेवस्थानका एक/एक जना महिला/पूरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै स्वास्थ्य संस्थाबाहेक जयराम देखि बिजुलेसम्म मध्य पहाडी लोकमार्गमा पर्ने होटलपसल आगामी कात्तिक २२ गते सम्म बन्द गर्ने निर्णय लिइएको छ ।

शनिबार कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय समितिका संयोजक तथा नगरपालिकाका मेयर इवन राईको अध्यक्षतामा बसेको सर्वदलीय वैठकले संक्रमितको सम्पर्कमा रहेकालाई १४ दिन होम क्वारेन्टीनमा बसाउने र कात्तिक २२ गतेसम्म होटल पसल बन्द गर्ने र मानिसको भेला हुने कुनैपनि कार्यक्रम नगर्ने निर्णय गरिएको हो ।

खाद्यान्न र किराना पसल विहान ६ देखि १० बजेसम्म खोल्न दिइने र मेडिकल पसल २४ सै घण्टा खुल्ला रहने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

साथै, सूचनाको अवज्ञा गरे सक्रामक ऐन अनुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार