सोलुखुम्बु – सोलुखुम्बुमा थप ५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोलुखुम्बुमा निर्माणाधिन सोलुखोला दुधकोशी हाईड्रोपावर (८६ मेगावाट)का ५९ कामदारमा कोरोना संक्रमण पुष्टि भएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।
गत शुक्रबार २५ कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका ४५९ जना कर्मचारी, कामदार र स्थानीयको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि काठमाण्डौँ पठाइएको थियो । त्यसमध्येमा ५९ जनामा कोरोना संक्रमण देखिएको बताइएको छ ।
हाईड्रोपावरलाई संक्रमितको उचित उपचार र व्यवस्थापन गर्न निर्देशन दिएको गाउँपलिका अध्यक्ष राईको भनाई छ । थप विवरण आउन बाँकी छ ।