बेनी स्वास्थ्य चौकीलाई नेपाल मेड नेपालको सहयोग

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – गैरसरकारी संस्था नेपाल मेड नेपालले बेनी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री र औषधि प्रदान गरेको छ ।

सोलुदुधकुण्ड नगरपालिका २ बेनीमा ४ जनामा कोरोना संक्रमण देखा परेपछि संभावित स्वास्थ्य विपत्ती सामनाका लागि नेपाल मेड नेपालले २ लाख ७७ हजार २ सय बराबरको स्वास्थ्य सामाग्री तथा औषधी प्रदान गरेको हो । आज स्वास्थ्य चौकी प्रांगणमा भएको एक कार्यक्रममा नेपाल मेड नेपालका प्रतिनिधि ङवाङ ठिले शेर्पाले स्वास्थ्य चौकी इन्चार्ज आङल्हमू लामालाई स्वास्थ्य सामाग्री र औषधी हस्तान्तरण गरेका हुन् ।

अक्सिजन कन्सेन्टेटर देखि मानव शरिरमा रोग प्रतिरोधात्मक शक्ति बृद्धि गराउने औषधी सम्म छन् । ग्रामिण भेगमा समेत कोरोनाको संक्रमण फैलिरहेको अवस्थामा प्राप्त सहयोगले संभावित विपत्ति सामनामा टेवा पुग्ने वडाअध्यक्ष मिंमार दोर्जी शेर्पाले बताए । उनले निरन्तर सहयोगको समेत अपेक्षा राखे ।

नेपाल मेड नेपालले लामो समय देखि स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार